Logo
Logo

मैलुङ खोलाकाे आईपीओमा साढे ११ लाख आवेदन


दृष्टि संवाददाता


काठमाडाैं । मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा साढे ११ लाख बढी आवेदन परेकाे छ ।

कम्पनीको आइपीओमा ११ लाख ५८ हजार ५८५ जना आवेदकबाट एक अर्ब ६० करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको एक करोड ५७ लाख ३४० कित्ता शेयर खरिदको लागि आवेदन परेको हाे ।

कम्पनीले बिहीबारदेखि ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको छ। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकि रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहले आवेदन दिन सक्नेछन्।

कम्पनीले निष्काशन गेरको शेयरमा साउन १८ गतेसम्ममा आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्