Logo
Logo

साफ च्याम्पियनसिप नेपालमा गर्ने एन्फाकाे निर्णय


दृष्टि संवाददाता


काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाले आसन्न साफ च्याम्पियनसिप नेपालमा नै गर्ने निर्णय गरेको छ । बंगलादेशमा हुने भनिएको साफ च्याम्पियनसिप गर्नका लागि साफले गरेको प्रस्तावलाई स्विकार्दै एन्फाले पनि पत्र पठाएकाे हाे ।

एन्फाको कार्यसमितिको आपतकालिन बैठकले साफ नेपालमा गर्ने निर्णय गरेको छ । बैठकले साफ नेपालमा गराउनका लागि सरकारले गरेको सहयोगको धन्यवाद दिनेपनि निर्णय गरेको छ । 

हालका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले साफ नेपालमा गर्नका लागि ५ करोड रुपैयाँ दिने मौखिक सहमति दिएको छ । 

प्रतिक्रिया दिनुहोस्