Logo
Logo

प्रशिक्षक अल्मुताइरीकाे राजीनामाबारे छानविन गर्न एन्फाले गुहार्याे मन्त्रालय


दृष्टि संवाददाता


काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमितिको आपतकालिन बैठकले प्रशिक्षक र बरिष्ठ उपाध्यक्षको विवादको छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने भएको छ । 

कार्यसमितीको आपतकालिन बैठकले दुबैले सत्य तथ्य छानविनका लागि गरेको पत्राचारका आधारमा निचोड निकाल्नका लागि मन्त्रालयलाई पत्राचार गर्ने भएको हो ।

करिव तीन घण्टा बसेको बैठकले प्रशिक्षक अब्दुल्लाह अल्मुतारीले पंकज नेम्बाङलाई दोशी ठहर गरेर राजीनामा दिन लागेको कुरालाई सामाजिक सञ्जालमा राख्नुपर्ने कारणका साथै उनले यस्तो गर्नुको कारणका विषयमा पनि छलफल भएको थियो । 

बैठकमा पंकज नेम्बाङले आफ्नो भनाईपनि राखेका थिए । तर अहिले प्रशिक्षकलाई निकालेको खण्डमा फुटबल बर्बाद हुने ठानेर संस्थाको हित र फुटबल जोगाउनुपर्छ भनेर ठानेको बताइएको छ । विवादलाई किनारा लगाएर प्रशिक्षकलाई भोलिबाट नै प्रशिक्षणमा फर्काउने निर्णय भएको छ । 

 बैठकमा अल्मुताइरीले एन्फाले संरक्षण नगरेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्