Logo
Logo

सैनिक कल्याणकारी कोषको सम्पति ५९ अर्ब ९५ करोड ८० लाख पुग्यो


दृष्टि संवाददाता


काठमाडौं । सैनिक कल्याणकारी कोषको यथार्थ सम्पति ५९ अर्ब ९५ करोड ८० लाख रुपैयाँ पुगेको छ । कोषमा विसं २०७७ असार मसन्तसम्म नगद मौज्दात ४५ अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेकामा यस वर्ष १८ प्रतिशत अर्थात् ८ अर्ब २५ करोड ९५ लाख रुपैयाँले वृद्धि भई ५४ अर्ब १२ करोड ७५ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा विभिन्न निकायमा गत असार मसन्तसम्म गरिएको ५ अर्व ८३ करोड १४ लाख रुपैयाँ लगानीसमेत समावेश गर्दा यथार्थ सम्पति ५९ अर्ब ९५ करोड ८० लाख रुपैयाँ पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए।

नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त १ करोड २४ लाख १ हजार रुपैयाँबाट विस २०३२मा स्थापना सैनिक कल्याणकारी कोषको स्थापना भएको हो ।

‘बहुजन हिताय स् बहुजन सुखाय’ आदर्श वाक्य रहेको कोषबाट सेनाका बहालवाला, अवकास प्राप्त सैनिक तथा तिनका आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत र आवास, बीमा, सीप र स्वरोजगारका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

उक्त कोषबाट ९ लाख हिताधिकारी लाभान्वीत भइररहेको जानकारी दिइएको छ । कोषबाट सञ्चालित विभिन्न कार्यक्रममार्फत वार्षिकरुपमा सरकारलाई ४५ करोड रुपैयाँ राजस्व र रु १६ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चितिमा योगदान पुगिरहेको जानकारी दिइयो ।

कोषको रकम मध्ये ९९ दशमलव ३५ प्रतिशत क वर्गका वाणिज्य र बाँकी ख वर्गका विकास र अन्य वित्त कम्पनिमा निक्षेप रहेको सो अवसरमा जानकारी दिइयो । रासस

प्रतिक्रिया दिनुहोस्