Logo
Logo

भ्वाइसको फाइनलमा पहिलोपटक महिला


दृष्टि संवाददाता


काठमाडौं । द भ्वाइस अफ नेपालमा पहिलोपटक महिला प्रतिभा फाइनलका लागि छानिएकी छन् । शुक्रबार भएको द भ्वाइस अफ नेपालको सिजन ३ सेमिफाइनलमा चार वटा टीमका एक-एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका हुन् ।

जसमध्ये एक प्रतिस्पर्धी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी हुन् । टीम राजुबाट बाग्लुङकी मगर फाइनल प्रवेश गरेसँगै द भ्वाइस अफ नेपालमा पहिलोपटक महिला छनौट भएकी हुन् । काठमाडौका सोनाम शेर्पासँग कडा प्रतिस्पर्धा गर्दै उनी फाईनलमा प्रवेश गरेकी हुन् । यसअघिको सिजन १, सिजन २ मा महिला पतिभा फाईलनका लागि छनौट भएका थिएनन् ।

यस्तै टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा टुंगिएको छ । टीम दीपबाट दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् । बुटबलका गोविन्द पुनको भ्वाइस यात्रा टप ८ सम्म पुगेर रोकिएको छ ।

टीम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो ।

एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका हुन् । प्रभु पेमार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधाा रहेको छ ।

आज शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले फिनालेको भोटका लागि आफ्ना प्रस्तुतिहरु दिँदैछन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्