Logo
Logo

सम्पर्क विहीन सांसद वली एसपीको सम्पर्कमा


दृष्टि संवाददाता


लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (ओली)

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (ओली) सम्पर्कमै रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी उपरीक्षक सुरेस काफ्लेले बताएका छन् ।

‘मैले माननिन ज्यू सम्पर्कमा नरहेको भनी समाचारहरु आएपछि उहाँलाई फोन गरेँ, मेरो फोन रिसिभ पनि भयो’, उनले भने ‘उहाँले घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचारमा छु, मेरो अबस्था सामान्य छ भन्नु भएको छ ।’

नेकपा माओवादी केन्द्रका संसदीय दलका सचेतक तुलाराम घर्ती मगरले फोन गर्दा बिमलाले रिसिभ नगरेपछि शंका उत्पादन भएको थियो । शुक्रबार बिहानदेखि आफुले फोन गर्दा बिमलाले रिसिभ नगरेको सचेतक घर्तीको भनाई छ ।

यस्तै लुम्बिनी प्रदेशसभा सदस्य दामाकुमारी शर्माले पनि आफ्नो फोन रिसिभ नगरेको बताएकी छन् । ‘कुनै समस्या भएर होला, हिजो अस्तिदेखि मेरो पनि फोन रिसिभ भएको छैन ।’

दाङ क्षेत्र नंं ३ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित विमला सम्पर्क बिहीन भएपछि अनेक खालका टिप्पणी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्