Logo
Logo

प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

शनिबार (आज) बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट भएको हो । भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।

देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । देउवा तत्काल आफ्नो नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेर पूर्णता दिने प्रयासमा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्