काठमाडौं । एनआइबीएल समृद्धि फण्ड–१ ले इकाइधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लेखा परीक्षण पारित गर्दै नाफाबाट ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले लाभांशबापत ३५ करोड रुपैयाँ वितरण गर्नेछ । समृद्धि फण्ड एनआइबीएल म्युचुअल फण्ड अन्तर्गत एनआइबीएल एस क्यापिटल योजना व्यवस्थापक रहेर सञ्चालित स्किम हो।
पछिल्लो वित्तीय विवरण अनुसार, यसको प्रति इकाइ खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ छ ।