Logo
Logo

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी एकताको पहल गर्न भन्दै शनिबार केहीबेर बैठक बसेर स्थगित गरिएको थियो ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने तुलसीलाल स्मृति प्रतिष्ठानमा गरी बोलाइएको हो ।

कार्यालय सचिव तामाङले आजको बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने बताए ।

बैठकमा एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे छलफल हुने उनको भनाई छ । शनिबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्