Logo
Logo

अर्थ सचिवमा मरासैनी


दृष्टि संवाददाता


काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासैनी सरूवा भएका छन् । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले मरासैनीलाई अर्थमा सरूवा गरेको हो । यसअघि उनी महालेखा नियन्त्रक थिए ।

यस्तै, अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरूवा गरिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार १२ साउनमा बसेको मन्त्रिपरिषद बैठकले मरासैनीलाई अर्थ सचिवमा सरूवा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्