Logo
Logo

ओली सरकारले निलम्बन गरेका प्रहरी अधिकृत देउवा सरकारद्वारा पुरस्कृत


दृष्टि संवाददाता



काठमाडौं । ओली सरकारले निलम्बन गरेका प्रहरी अधिकृत देउवा सरकारद्वारा पुरस्कृत भएका छन् । बलात्कार तथा आर्थिक हिनामिनाको अभियोग लागेका शौरभ राणा डिआइजीमा बढुवा भएका छन् ।

राणालाई आइतबार डिआइजीको फुली लगाउँदै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री


संघीय प्रहरी इकाई धरानमा कार्यरत रहँदा उनी निलम्बनमा परेका थिए । एक महिलाले उनीविरुद्ध बलात्कारको जाहेरी दिएका थिए । करिब तीन साता प्रहरी हिरासत बसेपछि महिलालाई उजुरी फिर्ता दिन लगाएर उनलाई मुद्दा नचलाउने निर्णय गरिएको थियो ।


त्यसबेला गृह मन्त्रालयले समेत छानबिन गरेको थियो । जसक्रममा उनले घुमुवा परिचालन गरेर लाखौं असुलेको खुलेको थियो । ओली सरकारले निलम्बन गरेका राणा देउवा सरकारमा आउने बित्तिक पुरस्कृत भएका छन् ।


आईजिपी शैलेश थापा क्षेत्रीको ब्याचका अन्य धेरै जना एसएसपीमै छन् । इमान्दार अधिकृतहरुलाई छाडेर विवादास्पद छवीका राणालाई बढुवा गरिएपछि प्रहरीको मनोबल खस्किएको छ ।

प्रतिक्रिया दिनुहोस्