Logo
Logo

कारोबार रकममा सुधार गर्दै झिनो अंकले बढ्यो नेप्से


दृष्टि संवाददाता


काठमाडाैं । साताकाे पहिलाे काराेवारकाे दिन सेयर बजार एक अंकले बढेर बन्द भएकाे छ ।  ९ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढ्दा पनि सेयर बजारको बृद्धि भने एक अंकमा सिमित भएकाे हाे ।

अधिकांश जलविद्युत कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै सर्वाधिक कारोबार हुने कम्पनीमा पनि सबै जलविद्युत कम्पनीनै अघि देखिएका छन्।

३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर किनबेचमा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रूपैयाँ कारोबार भएको छ । गत बिहीबार करिब ११ अर्ब कारोबार भएको थियो ।

सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीका सेयरधनीले कमाएका छन् भने गुमाउनेमा होटल तथा टुरिजमका लगानीकर्ता छन् । 

प्रतिक्रिया दिनुहोस्