Logo
Logo

फेरि पछि धकेलियो मेलम्ची सपना


दृष्टि संवाददाता


काठमाडौं । मेलम्ची नदीमा बारम्बार आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको भविष्य फेरि पछि धकेलिदिएको छ । लामो प्रतीक्षापछि सम्पन्न आयोजनामा गत असार १ र त्यसपछिका बाढीले ठूलो क्षति पुर्‍याएपछि मेलम्चीको पानी फेरि उपत्यकाको धारामा झर्ने कहिले भन्नेमा अन्योल उत्पन्न भएको हो ।

असार १ को बाढीपहिरोले यो आयोजनाको हेडवक्र्स जाने अम्बाथानको पहुँचमार्ग, अस्थायी बाँधसहित हेडवक्र्समा ठूलो क्षति पुर्‍यायो । फेरि साउन १५ गते आएको बाढीपहिरोले थप संरचनामा क्षति पुर्‍याएको छ ।

साउन १५ गते आएको बाढीपहिरोले आयोजनाको पहुँचमार्गमा पर्ने चनौटेको पुल क्षतविक्षत बनाएको छ । अघिल्लोपटक बाढीबाटै क्षतिग्रस्त पहुँचमार्गको ट्र्याक हेलम्बु गाउँपालिकाले केही खोले पनि पछिल्लो समयको बाढीपहिरोले भत्काएको छ ।

आयोजनाको हेडवक्र्सभन्दा माथिल्लो भागबाट ढुंगा, गिट्टी, बालुवा, माटो मिसिएर आएको बाढीले संरचनामा एकपछि अर्कौ गर्दै क्षति पुर्‍याइरहेको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार आयोजनाको जलाधार क्षेत्रबाट बारम्बार लेदोसहितको बाढी आउँछ ।

‘मेलम्ची आयोजनाको जलाधार क्षेत्रबाट निरन्तर रूपमा लेदोसहितको बाढीपहिरोले हेडवक्र्स क्षेत्रमा कटान गर्नुको साथै ग्रेगान थुपार्ने र आयोजनाको पहुँचमार्ग तथा अन्य संरचनामा क्षति पु¥याइरहेको छ,’ उनले भने, ‘त्यसैले कति क्षति भयो भन्ने कुरा अनुमान गर्न सकिने अवस्था छैन।’, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्