Logo
Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक स्थगित गर्नुपर्ने भन्दै स्थायी समिति सदस्यहरुलाई जानकारी गराएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नुपर्ने भन्दै आज दिउँसो ३ बजे तय भएको बैठक स्थगित भएको हो । माओवादी केन्द्रले आज दिउँसो ३ बजे बैठक राखी सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने योजना बनाएको थियो ।

२९ असारमा काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएका थिए ।

साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । तर प्रधानमन्त्री भएको २१ दिन वितिसक्दा पनि देउवाले मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्