Logo
Logo

काठमाडौंमा फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति धन्दा चलाउने दुई महिला पक्राउ


दृष्टि संवाददाता



काठमाडौं । काठमाडौंमा वेश्यावृत्तिको धन्दा चलाउने दुई महिला पक्राउ परेका छन् ।

फ्ल्याट भाडामा लिने र युवती राखेर यस्तो धन्दा चलाउने गोरखाकी प्रीति आले मगर भनिने प्रीति थापा मगर तथा झापाकी बिना लिम्बु भन्ने ज्योती पोमु छन् । एक युवतीको उजुरीका आधारमा प्रहरीको मानव बेचबिखन ब्यूूरोले उनीहरुलाई पक्राउ गरकेो हो ।


प्रीतिले चन्द्रागिरीमा तथा ज्योतीले बाफलमा फ्ल्याट भाडामा लिएर यस्तो धन्दा गराउदै आएको ब्यूरोले जनाएको छ । एक किशोरीलाई सहारा दिने भन्दै आफ्नोमा राखेर उनीहरुले जबरजस्ती वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्