Logo
Logo

जागेश्वर गौतम कोभिड युनिफाइड अस्पतालबाट हटाइए


दृष्टि संवाददाता


काठमाडौं । सरकारले डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीस्तरीय निर्णयानुसार डा गौतमलाई कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाइएको हो ।

गैतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । डा गौतमको ठाउँमा ट्रमा सेन्टरका डा। रुद्र मरासिनीलाई पठाइएको छ ।

डा गौतमलाई गत जेठ १० गते कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृतमा युक्त भएको दिनदेखि नै डा गौतम अनेक विवादमा मुछिदै आएका थिए । गौतम अस्पतालमा स्वास्थ्य उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयले विवादमा आएका थिए।

अस्पतालका कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप पनि गौतममाथि लागेको छ।

प्रतिक्रिया दिनुहोस्