Logo
Logo

हिमालयन र इन्भेष्टमेन्ट बैंकको डीडीए रिपोर्ट तयार


दृष्टि संवाददाता


काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) प्रतिवेदन तयार भएको छ । गत वैशाख ३० गते हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आपसमा गाभिने (मर्जर) सम्झौता भएको थियो ।

प्रतिवेदनलाई दुवै बैंकले स्वीकार गरिसकेका छन् । स्रोतका अनुसार, हिमालयन बैंकको एक सय कित्ता बराबर नेपाल इन्भेष्टमेन्ट बैंकको ९३ कित्ता सेयर हुने छ। दसैं र तिहारको बीचमा गाभिएर एकीकृत कारोबार गर्ने दुवैको तयारी छ ।

दुवै बैंकलाई सबैभन्दा ठूलो टाउको दुखाइ भएको कर्मचारी मिलानको समस्या समाधान भएको छ। तुलनात्मक रूपमा हिमालयन बैंकका कर्मचारीको तलब सुविधा धेरै छ। अब त्यो सुविधा इन्भेष्टमेन्ट बैंकका कर्मचारीले पनि पाउने छन्।

दुवै बैंक अहिले लेखापरीक्षणको चरणमा छन् । साउन मसान्तभित्र लेखापरीक्षण सक्ने गरी काम भइरहेको दुवै बैंकका अधिकारीहरुले जानकारी दिए। त्यसपछि राष्ट्र बैंकमा बाँकी स्वीकृतिका लागि जाने तयारी भइरहेको छ।

दुई बैंक मर्जरपछि बन्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक चुक्ता पुँजीको आधारमा नेपालकै ठूलो बैंक बन्नेछ । दुई बैंक एक भएपछि कुल चुक्ता पुँजी करिब २७ अर्ब रुपैयाँ पुग्ने छ ।

मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुबै बैंकको तर्फबाट ३र३ जना सञ्चालक नियुक्त हुने र नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्