Logo
Logo

गृहमन्त्रीको निर्देशनमा इन्सपेक्टरको एकल सरुवा


दृष्टि संवाददाता



काठमाडौं । सशस्त्र प्रहरी बलमा हत्तपत्त काज सरुवा हुँदैन । तर, गृहमन्त्रीले नै निर्देशन दिएपछि भने सरुवा नहुने कुरा भएन ।
सोमबार गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा एक इन्सपेक्टरको एकल काज सरुवा भएको छ । खाँणको निर्देशनमा इन्सपेक्टर कृष्ण अर्याललाई रुपन्देहीको डन्डा बिओपीमा काज सरुवा गरिएको हो ।


सामान्यतया बिओपीका इन्चार्जहरुको एकैपटक सरुवा हुने गरेको छ । यो वर्ष इन्सपेक्टरको सरुवाको तयारी भइरहेको छ । तर, नियमित सरुवा समेत नकुरी इन्सपेक्टर अर्याललाई सो बिओपीमा पठाइएको छ । स्रोतका अनुसार सो बिओपीमा जान धेरैको चाहने भएकाले यसरी गृहमन्त्रीको ठाडो आदेश लगाएर इन्सपेक्टर अर्याल त्यहाँ गएका हुन् । अन्य बिओपीमा समेत सरुवाका लागि गृहमन्त्री निकट व्यक्तिहरुले पैसा उठाइरहेको स्रोत बताउँछ ।

‘राम्रो काम गर्न त यसरी पक्कै पावर लगाएर जान लागेका होइन होला,’ गृहका एक अधिकारी भन्छन्,‘कमाउनकै लागि यसरी जाने हो, अनि सीमा सुरक्षा के बलियो हुन्थ्यो ?’

प्रतिक्रिया दिनुहोस्