Logo
Logo

जिप दुर्घटनामा पूर्व सांसदसहित दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता



गुल्मी, २८ चैत । जिप दुर्घटनामा पूर्व सांसदसहित २ जनाको ज्यान गएको छ ।
मुसिकोट नगरपालिका १ को चैन डाँडामा दुर्घटना बिहान धुर्कोट गाउँपालिका ५ का नेपाली काँग्रेसका पूर्व सांसद ६५ वर्षका रुद्रमणी शर्मा भण्डारी र मालिका गाउँपालिका १ का ८ वर्षका वस्कर विश्वकर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।


घाइते ४ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ भने ४ जनालाई गुल्मी अस्पताल तम्घास लगिएको छ । मालिका गाउँपालिकाको दर्लिङ्गबाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्