Logo
Logo

पूर्व राजा ज्ञानेन्द्र शाहको गाडिको ठक्करबाट एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडिको ठक्करबाट एकको मृत्यु भएको छ । पूर्व शाहलाई विराटनगर विमानस्थल र्पुयाएर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले १५ प ९९७९ नम्बरको मोटरसाइकललाई बधुबार बेलुका ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएका थिए । उनी पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्