काठमाडौं । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । झापाको झापा गाउँपालिकास्थित कुमरखोदमा गोली हानेर प्रहरीले सरिकुल आलमलाई पक्राउ गरेको हो ।