Logo
Logo

नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा दुईजना ‘ड्रग्स किंग’ भारतमा पक्राउ



काठमाडौं । नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । मंगलबार भारतको पलिया खिरि थाना अन्तर्गतको प्रथम बजार कस्बाका ‘ड्रग्स किंग’ भनिने २५ वर्षीय अंकित माल्या र सिगहिया कस्बामा डेरा गरी बस्ने ३२ वर्षीय विक्की नेपाली भनिने बिक्की गुप्तालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ । भारतको पलिया थानाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पक्राउ गरिएका ड्रग्स किंग’ भनिने अंकित माल्याको साथबाट २६० ग्राम ब्राउन सुगर र विक्की गुप्ताको साथबाट १३० ग्राम ब्राउन सुगर बरामद भएको छ ।’

पलिया थानाका ईञ्चार्ज विवेककुमार उपाध्यायको नेतृत्वमा उपनिरीक्षक तथा पलिया कस्बा प्रभारी उदयबीर यादव, कबच सर्विलेन्स सेलका उपनिरीक्षक प्रसान्त श्रीवास्तव, जवानहरु ललित कुमार, परिक्षीत सैनी, संदीप चौधरी र पवन यादबसहितको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका दुवैजना नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्