Logo
Logo

बिवाइडीको उच्चस्तरीय टोली नेपालमा



काठमाडौं । विश्वविख्यात चिनियाँ कम्पनी बिवाइडीको एसिया प्रशान्त क्षेत्रका महाप्रबन्धक लु साङको एक टोली काठमाडौँ भ्रमणमा आएका छन् ।

विश्वभर ७० लाख बिवाइडी गाडी बिक्री गरेर चर्चामा आएको चीनको बिवाइडीले नेपालमा सन् २०१६ देखि आफ्नो बिक्री सुरु गरेको थियो ।

सन् २०२४ सम्म आइपुग्दा नेपालमा बिवाइडीको इ–सिक्स, अटो थ्री र डल्फिन इलेक्ट्रिक कार करिब २४ सयभन्दा बढी बिक्री गरेको छ । यसै सन्दर्भमा बिवाइडीको आधिकारिक डिलर साइमेक्स इंकलाई चीनमा आयोजित कार्यक्रममा गत महिना सम्पन्न गरिएको थियो ।

चीनबाट नेपाल भ्रमणमा आएका बिवाइडीका उच्चस्तरीय अधिकारीहरुले बिवाइडीको शो रुमको अवस्था वर्कसपलगायतको अवलोकन भ्रमण गर्नेछन् ।

नेपाललाई प्राथमिकतामा राखेको बिवाइडीले भविष्यमा थप चार्जिङ स्टेशन स्थापना गर्नुका साथै, इलेक्ट्रिक भेइकल मर्मतसम्भारका लागि नेपालीलाई प्राविधिक ज्ञान पनि दिने बताइएको छ । जसले गर्दा उपभोक्ता बढेसँगै सुविधा पनि बढ्ने विश्वास साइमेक्स इंकले लिएको छ ।

बिवाइडी इलेक्ट्रिक कार नेपाल प्रवेश गर्नासाथ राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विद्युत् प्राधिकरणलगायत सरकारी निकायले खरिद गरेबाट बिवाइडी उत्साहित बनेको छ ।

भिआइपीको रोजाइ हुँदै बजारमा प्रवेश गरेको बिवाइडीका अटो थ्री अहिले बैंकर, व्यवसायीलगायत मध्यम वर्गीयको रोजाइमा परेको छ भने डल्फिन महिलाहरुको रोजाइमा परेको छ । नेपालको बजारबाट चीनको बिवाइडी कम्पनी उत्साहित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्