Logo
Logo

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालद्वारा राजीनामा


5.2k
Shares

काठमाडौं । काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।

शीतल निवासले विज्ञप्ति जारी गर्दै एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट दिएको राजीनामा राष्ट्रिपतिले स्वीकृत गरेको जानकारी दिएको हाे ।

एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था आएको हो । सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए ।

यस विषयमा राष्ट्रपति स्वयम्ले बोलाएर उनीसँग् सोधपुछ समेत गरेका थिए । सो क्रममा उनले आफ्नो भनाइलाई गलत आशयका साथ प्रकाशन गरिएको भन्दै प्रष्टीकरण दिएका थिए । तर, नेपालको जवाफबाट राष्ट्रपति सन्तुष्ट हुन सकेका थिएनन् ।

नेपालले एक अन्तर्वार्तामा भनेका थिए, ‘सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ । भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो ।’

प्रतिक्रिया दिनुहोस्