Logo
Logo

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ



कास्की । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका– १५ क्रान्तिटोल बस्ने स्याङ्जा चापाकोट नगरपालिका–७ घर भएका ३७ वर्षीय पुर्ण बहादुर गुरूङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीको २०७९ कात्तिक २३ गतेको फैसलाले ११ वर्ष कैद सजाय, २५ हजार रूपैयाँ जरिवाना र २ हजार २ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–१५ क्रान्तिकारी टोल नजिकै २०७१ असार ६ गते ४२ वर्षीया महिलालाई पूर्ण बहादुर लगायत ४ जनाले बाटो छेकी, घेराबन्दीमा पारी, मुख थुनी, ज्यान मार्ने सम्मको धाकधम्की समेत दिई सामुहिक जबरजस्ती करणी गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्