Logo
Logo

आफ्ना सांसदहरूलाई विराटनगर नछाड्न एमाले-माओवादीको निर्देशन



विराटनगर । कोशी प्रदेशका दुई दलले आफ्ना सांसदहरूलाई विराटनगर नछाड्न निर्देशन दिएका छन् ।

नयाँ सरकार गठनका लागि आह्वान हुन सक्ने भन्दै उनीहरूले आफ्ना सांसदहरूलाई विराटनगर बाहिर भए विराटनरम आउन निर्देशन दिएका छन् ।

नेकपा (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारीले सांसदहरूलाई विराटनगर नछाड्न र अन्यत्र भए विराटनगर आउन निर्देशन दिइएको बताए ।

माओवादीले पनि आफ्ना सांसदहरूलाई सोही प्रकृतिको निर्देशन दिएको छ । कोशीमा एमालेका ४० र माओवादीका १३ जना सांसद छन् ।

एमालेका हिक्मत कार्कीलाई नयाँ मुख्यमन्त्री बनाउन एमाले र माओवादीले दबाब अघि बढाएका छन् । अहिलेका मुख्यमन्त्री केदार कार्कीले विश्वास मत नलिने र पदबाट राजीनामा पनि नदिने बरू अदालत जाने बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्