काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्ड उल्लघंन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
मंगलबार एक काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको जोखिम उच्च गरेका भन्दै स्वास्थ मापदण्ड पालन गर्न आग्रह गरेका हुन् ।
काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा कोरोना संक्रमण दर उच्च हुँदै गएको, अस्पतालहरुमा भेन्टिलेटर, आइसीयू र आकस्मिक सेवाका वेडहरुमा बिरामीहरुको चाप बढ्दै गएको प्रशासन कार्यालयले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ– संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समुहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, यालीजस्ता गतिविधिमा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, मास्कको उचित प्रयोग नगर्ने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि संचालन गर्नाले कोभिड(१९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरित यस्ता गतिविधिहरु नगर्नरनगराउन सबै पक्षलाई सूचित गरिन्छु
भीडभाडजन्य क्रियाकलाप नगर्न र स्वास्थ्य मापदण्ड पालन नगरे कानून बमोजिम कडा कारबाही गर्ने चेतावनी दिइएको छ । पराजुलीद्वार जारी विज्ञप्तिमा भनिएको छ, ‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरेरगराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।’











