Logo
Logo

रेग्मी शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्त


दृष्टि संवाददाता

3.9k
Shares

काठमाडौं । मधुप्रसाद रेग्मी शिक्षक सेवा आयोगको अध्यक्षमा नियुक्त भएका छन् । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई शिक्षक सेवा आयोगको अध्यक्षमा बनाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आयोगको सदस्यहरूमा काठमाडौंको कीर्तिपुरकी नन्दकुमारी महर्जन र कलंकीका डिल्लीराम रिमाललाई नियुक्त गरेको छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारकै पालामा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि उनीहरुको नाम सिफारिस भएको थियो । सदस्यमा नियुक्त महर्जन माध्यमिक विद्यालयमा शिक्षण गरेर सेवा निवृत्त भएकी हुन् ।

सरकारले लोक सेवाका अध्यक्ष उमेश प्रसाद मैनाली नेतृत्वको छनोट समितिलाई शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य खुल्ला प्रतिस्पर्धाबाट छानेर सिफारिस गर्न भनेको थियो ।

मैनाली नेतृत्वको समितिले सुरुमा आकांक्षीको दरखास्त र अवधारणा पत्र लिएर अध्यक्षमा ४ जना र सदस्यमा ६ जनाको सूची बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्