Logo
Logo

विमला ओली फेरि माओवादीमै


दृष्टि संवाददाता

2k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला वली फेरि आफू माओवादी केन्द्रमै भएको बताएकी छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई म्यासेज गरी आफू माओवादीमै रहेको उनले बताएकी हुन् ।

माओवादी केन्द्रका एक सांसदले भने ‘विमला कमरेडले हाम्रो दलको नेतालाई एसएमएसमार्फत माओवादीमै भएको जानकारी गराउनुभएछ, उहाँ (विमला) अहिले पार्टीकै सम्पर्कमा हुनुहुन्छ ।’

गत सोमबार वली आफू नेकपा एमालेमै फर्किएकी बताएकी थिइन् । एक विज्ञाप्ति जारी गर्दै आफू सूर्य चिह्नबाट निर्वाचित भएकाले एमालेमै फर्किएको उनले बताएकी थिइन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी वाली सर्वोच्च अदालतको फैसलाअनुसार पार्टी विभाज भएपछि उनी माओवादी केन्द्रतिर लागेकी थिइन् । तर गत सोमबार आफू एमाले नै रहेको बताएकी थिइन् ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्रनम्बर ३ ९ख०बाट निर्वाचित उत्तर कुमार ओलीको निधन भएपछि उपनिर्वाचन हुँदा उत्तरकी श्रीमती विमला नेकपा उम्मेदवारको रुपमा निर्वाचनमा उठेकी थिइन् । उनले कांग्रेसमा उम्मेदवार केशवराज आचार्यलाई ५ हजार १०४ मतान्तरले पराजित गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्