Logo
Logo

ललितपुरमा पुरुषमाथि नै बलात्कार, एक पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २९ चैत ।
ललितपुरमा पुरुषमाथि नै बलात्कार भएको छ । बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।


सातदोबाटो नजिकै भारतीय नागरिक किशोर दासले १७ वर्षिया एक किशोरलाई बलात्कार गरेका हुन् । आफूलाई मलद्धारमा बलात्कार गरेको भन्दै उजुरी दिएपछि दासलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रले बताए ।
अभियुक्त दास भारतको बिहारका बासिन्दा हुन् । उनी मिस्त्रीको काम गर्दछन् । पुरुषप्रति नै यौन चाहनाको समस्या उनीमा रहेको बताइएको छ । अप्राकृतीक मैथुन अपराध अन्र्तगत प्रहरीले उनीविरुद्ध कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्