Logo
Logo

बिचौलियाको स्वार्थमा आईजीपी हटाएको हर्कको दाबी


0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर सल्लाहकार बनाइएको विषयलाई लिएर शङ्का व्यक्त गरेका छन् । 

The current image has no alternative text. The file name is: hark.jpg

साम्पाङले सामाजिक सञ्जालमार्फत सरकारको कामकारबाहीप्रति व्यङ्ग्य गर्दै सबै कुरा ‘सेटिङ’मा हुने गरेको टिप्पणी गरेका छन् । उनले यस्तो निर्णय कुनै बिचौलियाको स्वार्थ पूरा गर्न गरिएको हुन सक्ने आशंकासमेत व्यक्त गरेका हुन् । 

‘आईजीपीबाट हटाएर सल्लाहकार बनायो रे ! यो सरकारको काम ! सबै सेटिङमा हो!त्यो पनि कुन चाहिँ बिचौलियाको सेटल गरिदिएको होला!’ उनले लेखेका छन् ।

साम्पाङले गलत काम गर्नेलाई गलत भन्न नसक्नु नेपाली समाजको पछौटेपन भएको पनि टिप्पणी गरेका छन् । उनले देश बिचौलियाका कारण समस्यामा परेको भन्दै त्यसको पछाडि नेपाली समाजको डरपोकपन जिम्मेवार रहेको बताएका छन् ।

‘चोरलाई चोर नै हो! फटाहालाई फटाहा नै हो भन्न नसक्नु नै नेपाली समाजको पछौटेपन हो! देश आज बिचौलियाले सिध्याउनुको पछाडि नेपाली समाजको यही डरपोकपन जिम्मेवार छ!’ साम्पाङले लेखेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000