Logo
Logo

कुलमान घिसिङले लिए नियुक्त पत्र


दृष्टि संवाददाता



काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । बुधबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर उनले नियुक्ति पत्र लिएका छन् ।

उर्जामन्त्री पम्फा भुसालकाे उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरे । नियुक्ति पत्र लिएसँगै घिसिङले आजैदेखि कार्यभार सम्हालेका छन् ।

गत सोमबार मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्