Logo
Logo

लुम्बिनीका मुख्यन्यायाधिवक्ता डिसीद्वारा राजीनामा


दृष्टि संवाददाता


काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए लगत्तै डिसीले राजीनामा दिएका हुन्।

डिसीले नेपालको संविधानको धारा १६० को उपधारा ९४० को खण्ड क बमोजिम मुख्यमन्त्री मार्फत प्रदेश प्रमुख समक्ष राजीनामा दिएको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

दाङका कानुन व्यवसायी डिसीलाई मुख्यमन्त्री शंकर पोखरेलको सिफारिस अनुसार तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले २०७४ चैत २ गते मुख्य न्यायाधीवक्ता नियुक्त गरेका थिए।

डिसीको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्