Logo
Logo

बलात्कारपछि जन्मिएका शिशुको हत्या, १८ वर्षपछि अभियृक्त फन्दामा


दृष्टि संवाददाता



काठमाडौं । एक महिलालाई बलात्कार गरेर जन्मिएको बच्चाको समेत हत्या गर्न व्यक्ति अदालतले दोषी ठहर गरेको १८ वर्षपछि पक्राउ परेका छन् । तनहुँ आँबुखैरेनी १ का प्रेम बहादुर सार्कीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।


उनलाई अदालतले २१ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । जिल्ला अदालत तनहुँ र उच्च अदालत पोखराले उनलाई दोषी ठहर गरेपनि फरार रहँदै आएका थिए । सार्कीलाई पक्राउ गरी अदालतमार्फत जेल चलान गरिएको जिप्रका तनहुँका प्रवक्ता डिएसपी युवराज तिमिल्सनाले बताए ।
त्यस्तै, चेक अनादर मुद्दामा एक महिना कैद र ११ लाख २० हजार जरिवाना सुनाइएका रामचन्द्र पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ । तनहुँ प्रहरीले फरार अपराधी खोजीलाई व्यापक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्