Logo
Logo

लुम्बिनीमा मुख्यमन्त्रीका लागि कुलप्रसाद केसीको दावी


दृष्टि संवाददाता


बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ । अल्पमतमा परेपछि पोखरेले बुधबार पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि गठबन्धनले सरकार गठन प्रक्रिया सुरु गरेका हुन् ।

गठबन्धन दलले नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवं नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका छन् ।

गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाहीसमेत मिसिएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । त्यसैले प्रदेश प्रमुख शेरचनले केसीलाई बिहीबार नै मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्