Logo
Logo

लुम्बिनीमा नयाँ सरकार गठनदेखि राति ८ बजेपछि काठमाडौंमा गाडी चलाउन नपाइनेसम्म



हेडलाइन्स् :

१. १५ हजार ४६२ नमूना परीक्षण गर्दा ३२ सय जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि , १० हजार ८०६ नमूनाको पीसीआर र ४६ सय ५६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२ सय ६० जनामा संक्रमण पुष्टि, पछिल्लो १४ घन्टामा कोरोनाबाट थप ३२ जनाको निधन, कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २१२ पुग्यो, बिहीबार २२ सय ९४ जनाले कोरोना जिते, पछिल्लो २४ घन्टामा ५६ हजार ८५३ जनाले कोरोनाविरुद्धको खोप लगाए ।

२. लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री नियुक्त, मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले लिए शपथ, ग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री, विकास, संविधान र संघीयता व्यवहारमै कार्यान्वयन गर्ने मुख्यमन्त्रीको दावी ।

३. नेपाली काँग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा काँग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन निर्देशिका प्रतिवेदनमा सभापतिमा उम्मेदवारी दिनका लागि ३० हजार शुल्क प्रस्ताव, प्रतिवेदनमा उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २० हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी दर्ता शुल्क प्रस्ताव, समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधि र क्रियाशील छानबिन समितिको प्रतिवेदन छानबिन समितिका संयोजक रमेश लेखकद्वारा पेश ।

४. नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्य अवस्थालाई लिएर सदनमा एमाले र माओवादी सांसदबीच आरोप–प्रत्यारोप, मातृका यादवले ओलीको स्वाथ्यलाई लिएर टिप्पणी गरेपछि प्रनिधिसभाको बिहीबारको बैठकमा विवाद, यादवको टिप्पणीमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईद्वारा प्रतिवाद, यादवले ओलीलाई ‘मेन्टली र फिजिकली’ ठीक नभएको अभिव्यक्ति दिएपछि प्रमुख सचेतक भट्टराईको नियमापत्ति ।

५. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिततामाथि विस्तृत अनुसन्धान गर्ने, विहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित कार्यालयबाट गएको टोलीले आवश्यक कागजात नियन्त्रणमा लियो, प्रारम्भिक प्रतिवेदन बुझाउनासाथ निर्णय गरेर विस्तृत अनुसन्धान गर्ने योजना , बिहीबार स्वास्थ्य उपकरण खरिदसँग सम्बन्धित कागजात, उपकरण खरिदका विवरण, उपकरणहरुको अवस्था लगायतका विषयमा प्रमाण संकलन ।

६. आज (बिहीबार) राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने, कोरोना भाइरसको संक्रमण बढेसँगै निषेधाज्ञा कडाइ गर्दै राति आज राति८ बजेपछि काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक, अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न पाउने ।

७. सरकारद्वारा चालू आर्थिक वर्ष २०७८÷०७९ को साउन १ गतेदेखि लागू भएको सरकारी सेवा क्षेत्रका सबै तहका कर्मचारीको नयाँ तलबमान सार्वजनिक, प्रदेश तथा स्थानीय तहका अधिकृत एघारौं तहदेखि कार्यालय सहयोगीसम्म, सामुदायिक विद्यालयमा कार्यरत माध्यामिक तहदेखि प्राथमिक तहसम्म, स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहदेखि सहायक प्रथमसम्मको तलबमान समावेश, निजामती कर्मचारीको सबैभन्दा माथिल्लो तहमा रहेका मुख्यसचिवले शुरु तलब स्केल ६७ हजार एक सय ४०, ग्रेड संख्या २, ग्रेड दर २ हजार २ सय ३८ गरेर जम्मा ७१ हजार ६ सय १६ रुपैयाँ मासिक तलब पाउने ।

८. नेप्सेमा निरन्तर तेस्रो दिन नयाँ अलटाइम हाइ रेकर्ड, कारोबार रकम १७ अर्बभन्दा बढी, मानुषी लघुवित्तको आइपीओमा दुई दिनमा ४८ गुणा बढी आवेदन, साढे १३ लाखले भरे आइपीओ, लक्ष्य अनुसार दायरा विस्तार गर्न नसकेको बीमा समितिले बीमा व्यवसायको अध्ययन गर्ने,अर्थ समितिले धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृतलाई छलफलका लागि बोलायो, श्वेतपत्र अघिल्लो सरकारको आलोचनामा केन्द्रित रहेको पूर्व अर्थमन्त्री विष्णु पौडेलको आरोप ।

९. विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालको तीन स्थान सुधार, नेपाली आफु छानबिन समितीको अनसन्धनसँग सन्तुष्ट रहेको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रतिक्रिया, इपीएलका लागि भैरहवाले भित्र्यायो विश्वकप विजेता चान्डीमल, भैरहवाको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त ।

१०. र, ईटालीमा अहिलेसम्मकै सबैभन्दा बढी गर्मी, तापक्रम ४८ डिग्री पुग्यो, भारतको हिमाञ्चल प्रदेशमा पहिरो जाँदा १० को मृत्यु, पुरिएका १४ को उद्धार, अफगानिस्तानमा विद्रोही तालिवानले जेल तोडेर राजनीतिक बन्दीहरु भगाए, अफगानिस्तानमा केही हप्तायता दशौँ हजार नागरिक विस्थापित, अफगानिस्तानका सेना प्रमुख हटाइए, भारतमा थप ४३ हजार कोरोना भाइरसबाट संक्रमित, ५ सय १९ संक्रमितको मृत्यु ।

Extreme Weather Events: Heat Wave in Italy Smashes Temperature Record

प्रतिक्रिया दिनुहोस्