Logo
Logo

यादवको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन




काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्दप्रति एमालेले आपत्ति जनाएपछि सभामुख अग्नि सापकोटाले सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।

भट्टराईको मागपछि सभामुख सापकोटाले संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् । यादवले बिहीबार ओलीमा मेन्टल्ली र फिजिकल्ली समस्या रहेको विवादित अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्