Logo
Logo

नाटकीय शैलीमा न्यूरोडमा प्रहरी गाडीबाट भागे अभियुक्त




काठमाडौं । कोरोना परीक्षणका लागि वीर अस्पताल लैजाने क्रममा एक थुनुवा प्रहरीलाई छक्याएर भागेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाले परीक्षणका लागि वीर अस्पताल लगिएका विनोद परियार शुक्रबार दिउँसो सवा चार बजे भागेका हुन् ।


जबरजस्तीकरणी मुद्दाका उनी अस्पतालबाट फर्कने क्रममा प्रहरीको गाडीबाट हाम फालेका हुन् । प्रहरीको गाडी जाममा परेका बेला उनी भागेका थिए । यसमा प्रहरीको समेत लापरबाही देखिएकाले डिउटीमा खटिएका प्रहरीमाथि समेत छानबिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्