Logo
Logo

नेकपा एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा दल दर्ता



काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले विभाजन भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा ‘नेकपा एमाले समाजवादी’ पार्टी दर्ता गरेसँगै एमाले विभाजन भएको हो ।

तस्वीरः अनलाइनखबर

नयाँ दर्ता गरिएको पार्टीको संयोजक नेता नेपाल रहेका छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

नेकपा एमाले र नेकपा माओवादीबीच एकता भएपछि बनेको नेकपा खारेज नभइ सुरु भएको विवाद अन्तत विभाजनमा पुगेर टुङ्गियाे ।

प्रतिक्रिया दिनुहोस्