Logo
Logo

गुल्मीमा प्रहरी क्वार्टरभित्रै इन्स्पेक्टर मृत भेटिए


0
Shares

काठमाडौं । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आएका केसी मंगलबार बिहान मृत फेला परेका हुन् ।

बिहान साढे ९ बजेसम्म पनि नउठेपछि निवासमा गएर हेर्दा उनी अचेत अवस्थामा भेटिएको डीएसपी विरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।निवासको ढोकामा भित्रबाट चुकुल लगाइएको र लामो समयसम्म ढोका नखुलेपछि प्रहरीले झ्यालबाट प्रवेश गरेर उनलाई बाहिर निकालेको थियो ।

तत्काल अस्पताल पु¥याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । केसी २०५५ सालमा प्रहरी सहायक निरीक्षक असईबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए ।

मृत्युको कारण खुलिनसकेको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै उनको मृत्युको कारण खुल्ने डीएसपी विश्वकर्माले बताए । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000