Logo
Logo

रहेनन् बरिष्ठ पत्रकार श्रेष्ठ, आजै अत्येष्टि गरिँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ बैशाख । नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । केही सयमयता राजधानीको थापाथलीस्थित नर्भिक अस्पताल उपचारत श्रेष्ठको आज बुधबार बिहान निधन भएको छ ।
श्रेष्ठको पार्थिव शरीर आज साढे १२ बजेदेखि भूगोलस्थित निवासमा राखिने र दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।
करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण उनको राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यसपछि उनको नर्भिक अघि भारतको मेदान्त अस्पतालमा पनि उपचार भएको थियो ।
मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका उनले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्न गरिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्