Logo
Logo

हिमालयन बैंक र वन पैदावार उद्योग महासंघबीच कर्जा सम्झौता



काठमाडौँ । हिमालयन बैंक लिमिटेड र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच विशेष कर्जा प्याकेजको व्यावसायिक सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यलाई एसएमईअन्तर्गत १२ करोड रुपैयाँसम्मको विशेष कर्जा प्यकेज प्रदान गर्ने जनाइएको छ । सम्झौताअन्तर्गत बंैकले न्यूनतम ब्याजदर, कर्जाशुल्क, प्रतीतपत्र वा बंैक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बंैक जमानत जारी गर्ने उल्लेख गरिएको छ ।

उक्त सेवा महासंघका सदस्यहरूले बैंकका सम्पूर्ण शाखाहरूबाट सहजरूपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हाल बंैकले ७१ शाखा, १ सय ४६ एटिएम र ५ हजारभन्दा बढी पिओएस टर्मिनलहरूबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्