Logo
Logo

बम डिस्पोज गर्नेक्रममा विस्फोट, एक सैनिक घाइते


- दृष्टि न्युज/संवाददाता


पोखरा, ५ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा बिहीबार आज बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पोखरामा १ सैनिक जवान घाइते भएका छन् । पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु विस्फोट पार्ने क्रममा सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले नेपाली सेनाको बम डिस्पोजल टोलीका सदस्य बिम निष्क्रि पार्ने क्रममा विस्फोट हुँदा घाइते भएको जनाएको छ । घाइते थापालाई प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत काठमाडौं ल्याउन लागिएको छ ।
यस्तै, बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाले डिस्पोज गरेको छ । शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो ।
उक्त शंकास्पद वस्तु बागलुङस्थित २३ नं बाहिनी अड्डाको डिस्पोजल टोलीले उठाएर खुला स्थानमा लगी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए । बन्दका कारण विभिन्न जिल्लामा प्रभाव परेको छ ।

प्रतिक्रिया दिनुहोस्