Logo
Logo

अस्ट्रेलियाका म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास


0
Shares

काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ३८ वर्षीय म्याक्सवेलले प्रथम श्रेणी र लिस्ट ए क्रिकेटबाट समेत बिदा लिने घोषणा गरेका छन् । तर उनी घरेलु टी-२० प्रतियोगिता बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेल्ने बताएका छन् । उनको सम्झौता सन् २०२७-२८ सिजनसम्म थपिएको छ ।

म्याक्सवेलले यसअघि नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । उनले सन् २०२६ को टी-२० विश्वकपमा अस्ट्रेलियाबाट खेलेका थिए । गत फेब्रुअरीमा ओमानविरुद्धको खेल उनको अस्ट्रेलियाका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल बनेको छ ।

दुई पटक एकदिवसीय विश्वकप जितेका म्याक्सवेल सन् २०२१ मा अस्ट्रेलियाले टी-२० विश्वकप जित्दा पनि टोलीका महत्वपूर्ण सदस्य थिए । उनले अस्ट्रेलियाका लागि १३० टी-२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८९७ रन बनाउनुका साथै ५१ विकेट लिएका छन्। उनको स्ट्राइक रेट १५४.४२ रहेको छ ।

टी-२० अन्तर्राष्ट्रियमा म्याक्सवेलले पाँच शतक बनाएका छन् । यो रोहित शर्मासँगै संयुक्त विश्व कीर्तिमान हो । उनले अस्ट्रेलियाका लागि सात टेस्ट खेलेर ३३९ रन बनाएका थिए । उनको उच्चतम स्कोर भारतविरुद्ध राँचीमा बनाएको १०४ रन हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000