Logo
Logo

पत्रकारको बाइकमा प्रहरीले नै लागूऔषध राखेर पक्राउ गरेको पुष्टि



काठमाडौं । रौतहटमा निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर पक्राउ गरिएको पुष्टि भएको छ ।

शनिबार क्लोज सर्किट (सीसी) क्यामरामा लागूऔषध राखिदिँदै गरेको देखिने भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटले अनुसन्धान थालेको थियो ।

अनुसन्धानले पत्रकारको मोटरसाइकलमा माथि घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले नातेदार धिरज यादवलाई प्रयोग गरेर लागूऔषध राखिदिएको पुष्टि भएको हो ।

भिडियोमा प्रहरी सहायक निरीक्षक यादव तथा प्रहरी जवान मनोज साहले स्थानीय दुई युवाहरु को सहयोगमा मोटरसाइकलमा लागू औषध मोटरसाइकलमा राख्न लगाएको देखिएको छ ।

रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेका थियो । तर अनुसन्धानले
होटलमा खाजा खान गएका वेला उनको मोटरसाइकलमा प्रहरीले नै लागूऔषध राखिएको देखिएको पुष्टि भएको हो ।

उक्त घटना पत्रकार मोहम्मदको संलग्नता नदेखिएको र उनलाई छाड्ने तयरी गरिरहेको बताइएको ।

प्रहरीकै मिलोमतोमा नै लागूऔषध राखेर निर्दोष व्यक्तिलाई फसाएको भन्दै नेपाल पत्रकार महासंघ रौतहटले गम्भीर आपत्ति जनाएको छ । आम नागरिकलाई फसाउन प्रहरी आफै लागेको पुष्टि भएको भन्दै प्रहरीले यस घटनामा संलग्नजो कोहीँलाई पनि तत्काल कानुनी दायरामा ल्याएर कारवाही गर्नु पर्ने सञ्चारकर्मीहरुको माग छ ।

महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लागूऔषध घुमुवा प्रहरीले नै राखेको कुरा सीसी टीभी फुटेजबाट प्रस्ट भएकाले निर्दोष देखिएका पत्रकार तथा अर्का व्यक्तिलाई तत्काल रिहाइ गर्न तथा यस घटनाको सत्यतथ्य छानविन गरी संलग्नत प्रहरी तथा अन्य सबैलाई कानूनी कठघरामा ल्याउन पत्रकार महासंघ रौहट शाखा जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्