Logo
Logo

माधव समूहका नेता र सांसद् चन्द्रागिरि रिसोर्टमा



काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु चन्द्रगिरिस्थित चन्द्रगिरि हिल्स रिसोर्टमा पुगेका छन् ।

आज (सोमबर) अध्यक्ष नेपालसहित केन्द्रीय कमिटीका सदस्यहरु तथा सांसदहरु चन्द्रागिरि पुगिसकेका हुन् । एकीकृत समाजवादी पार्टीका एक नेताका अनुसार बुधबार बिहान १० बजे सबै नेता एकैचोटी हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग जानेछन् ।

चन्द्रगिरि पुगेका नेताहरु आजदेखि बुधबार बिहानसम्म त्यही बास बस्नेछन् । चन्द्रागिरि रिसोर्टमा सयभन्दा बढी कोठाहरु बुक भइसकेको छ । दल दर्ताको प्रक्रियामा रहेका उनीहरुलाई निर्वाचन आयोगले सनाखतका लागि बुधबार बोलाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी एकता पक्षधर नेताहरुबीच आजै १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने बारेमा सैद्धान्तिक सहमती भएको छ । सोही सहमतीअनुसार एमाले स्थायी कमिटीको बैठक भोलि बस्दैछ । एकता पक्षधर नेताहरुले पार्टी दर्ता प्रक्रियाबाट हटेर एकताको पक्षमा उभिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्