Logo
Logo

१० बुँदे सहमतिको भ्रममा नपर्न अपिल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले कथित १० बुँदे सहमतिको भ्रममा नपर्न अपिल गरेको छ ।

संघका अध्यक्ष नरेश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी एकता पक्षधर नेताका बीचमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने विषयमा भएको सैद्धान्तिक सहमलिाई ‘कम्मलमा छोपिएर घ्यू खाने’ टिप्पणी गर्दै यस्तो सहमतिको भ्रममा नपर्न अपिल गरेका हुन् ।

‘यतिबेला नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्जागरण जरुरी छ’ शाहीले भने, ‘अबको दिशा नेकपा (एकीकृत समाजवादी) गठन र निर्माण त्यसैले युवा संघ नेपालका सम्पुर्ण कमरेडहरू युवा संघ, नेपालका नियमित साङ्गठनिक कामहरुमा निरन्तर सकृय रहन अपिल गर्दछु ।’

समयले आफूहरूको काधमा नयाँ जिम्मेवारी प्रदान गरेको बताउदै उनले जिम्मेवारीबाट भाग्नु समाज र इतिहास माथिको अन्याय हुने बताए ।

शब्दहरू क्रान्तिकारी लफ्फावाजीको प्रयोग गर्ने र व्यवहार कम्मलमा छोपियर घ्यु खाने प्रवृत्ति जनताले बुझेकै विषय भएकाले अहिलेको यथास्थितिले समाजलाइ कुनै परिवर्तन दिन नसकिने शाहीको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्