Logo
Logo

भाजपा नेता चौथाइवाले र महन्थ ठाकुरबीच भेटवार्ता



कााठमाडाैं । भारतीय जनता पार्टी (भाजपा) का नेता तथा विदेश विभाग प्रमुख विजय मुर्लिधर चौथाइवालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रस्तावित अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्।

नेता ठाकुरसँग आपसी हितका विषयमा विचार आदानप्रदान गरेको उनले बताएका छन्।

उनले ट्वीट गरेका छन्, ‘मधेशका वरिष्ठ नेपाली नेता श्री महन्थ ठाकुरलाई भेट्न र आपसी हितका विषयहरूमा विचार आदानप्रदान गर्न पाउँदा खुसी लाग्यो।’

यसअघि नेपालले कालापानी लगायत भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि चौथाइवालेले गत डिसेम्बरमा नेपाल भ्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्