Logo
Logo

बेलुकी ८ बजेपछि सवारी साधन चलाउन पाइने



काठमाडौं । काठमाडौं उपत्यकाभित्र बेलुकी आठ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ ।

आज (मंगलबार) बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले बेलुकी आठ बजेपछि सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसअघि गत साउन २४ गतेदिखि आठ बजेपछि काठमाडौं उपत्यकाभित्र सवारी सिञ्चालनमा रोक लगाइएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा भने भदौ १६ गतेसम्म थप गरिएको जानकरी दिए । उनका अनुसार तालिम सञ्चालन गर्नुपरे भौतिक रूपमा २५ जनासम्म उपस्थित भएर सञ्चालन गर्न दिइने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्