Logo
Logo

सुनुवाइ समितिबाट सर्वोच्चका पाँचै न्यायाधीशको नाम अनुमोदित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ६ बैशाख ।

संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतमा प्रस्तावित पाँचै जना न्यायाधीशको अनुमोदन गरेको छ।

प्रकाश ढुंगाना, हरि फुयाँल, सुष्मलता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम सर्वोच्च अदालतका न्यायाधीशका लागि समितिले अनुमोदन गरेको हो।

फारिस भएर आएका नाममा समितिले बिहीबार बिहानैदेखि सुनुवाइ गर्‍यो। उनीहरूमाथि आएका उजुरीहरूमाथि पनि प्रश्‍नहरू माग गरियो। उनीहरूको प्रस्‍टीकरण सुनेपछि सबै सांसदहरू सहमत हुनुभयो। त्यसैले आज सबैको नाम अनुमोदन गर्‍यौं। अनुमोदित केहि न्यायाधिशको नाममा उजुरी र सामाजिक सञ्जालमा आलोचना भए पनि समितिमा त्यस्तो अबस्था नभई अनुमोदन भएको हो ।

प्रतिक्रिया दिनुहोस्